१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

राजश्व असुलीमा महामारीले छोएन बुटवल उपमहानगरलाई



बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना महामारीमा पनि राजश्व असुलीमा कमी नआएको जनाएको छ । एउटै आर्थिक वर्षमा २ वटा निषेधाज्ञा झेल्दा पनि उपमहानगरले आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत हासील गरेको छ ।

मासिक प्रगति विवरण सार्वजानिक गर्न आज उपमहानगरमा ओजित कार्यक्रममा बोल्दै उपमहानगरका योजना शाखा प्रमुख विष्णु खनालले आव ०७६/७७ मा उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएकोमा आव ०७७/७८ मा ५० करोड ४९ लाख राजश्व असुली गरेको छ । उनले उपमहानगरले आर्थिक वर्ष २०७७/७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको जानकारी दिए । कोरोना महामारीले प्रभावित बनेको कारण आव ०७६/७७ मा पूँजीगत तर्फको वित्तीय प्रगतिमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेकोमा आव ०७७/७८ मा उपमहानगरले ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको खनालले बताए । उनले कोरोना महामारीको अवस्थामा पनि बुटवलमा घरजग्गा कारोबारमा कुनै असर नपरेको बताए ।

खनालका अनुसार बुटवल उपमहानगरमा आव ०७६/७७ मा घर जग्गा रजिष्टेशन दस्तुर बापत १२ करोड ८४ राजश्व संकलन गर्न सफल भएकोमा आव ०७७/७८ मा वृद्धि भई १६ करोड २० लाख राजश्व संकलन भएको छ । बुटवल उपमहानगरको राजश्व संकलनमा मूख्य श्रोत नै घरजग्गा कारोबार देखिएको छ ।

कार्यक्रममा उपमहानगरको प्रगती विवरण सार्वजानिक गर्दै उपमहानगरका प्रवक्ता राम प्रसाद रेग्मीले आव ०७७/०७८ मा कूल स्वीकृत ८४२ योजना मध्ये ४२१ वटा सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख शिवराज सुवेदीले शिक्षा, स्वास्थ्य र शहरी विकास र पूर्वाधार विकास गर्दै डिजिटल बुटवल बनाउने योजनाले सार्थकता पाउँदै गएको दाबी गरे । उनले उप महानगरपालिकाले राजश्वको दरमा वृद्धि नगरी सम्पति र भूमि करको पहिलो चौमासिकसम्म बुझाउँदा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाईएको जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : १९ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति