७ श्रावण २०८३, बिहिबार | July 23, 2026

उर्लाबारीमा सन्थालको व्यवस्थित बस्ती बन्ने, दुई बर्षमा घर हस्तान्तरण



काठमाडौं । मोरङको उर्लाबारीमा सन्थाल समुदायको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसंख्यक र लोपोन्मुख समुदायको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।

शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गंगाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेश समेत पाइसकेको छ । अब काम छिट्टै शुरू हुन्छ ।’

यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गरेका थिए ।

एकाइ प्रमुख यादवका अनुसार अबको २ वर्षभित्र सो एकीकृत बस्तीको निर्माण सम्पन्न हुनेछ । कूल लागत १८ करोड रुपैयाँमा निर्माणको जिम्मा सगुन÷शर्मा ९ज्वाइन्ट भेञ्चर० ले पाएको छ । अहिले नदी किनारामा ७० सन्थाल घरपरिवार नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।

बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुली बत्ती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवन लगायतको संरचना पनि निर्माण गरिने उनले जानकारी दिए ।

सन्थाल समुदायका लागि सात विघा क्षेत्रफलमा १३२ घर निर्माण सहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवारलाई ३५ वर्गमिटर क्षेत्रफलमा २ वटा कोठा, एउटा भन्साकोठा, एउटा चर्पी र स्नान घर सहितको घर निर्माण गरी वितरण गरिने छ ।

उनले भने, ‘समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कूल १८ करोड रुपैयाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा २ वर्षभित्र घर उहाँहरूलाई वितरण भइसक्ने छन् ।’ जम्मा १२६ घर निर्माण गरिने छ ।

सो ठाउँमा सन्थाल समुदायको कुल १३२ घरपरिवारको बसोबास रहेको छ । राष्ट्रिय जनगणना-२०६८ अनुसार मुलुकभरि सन्थाल समुदायको कूल जनसंख्या करीब ५२ हजार रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : १२ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी