१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

शंकर पोखरेल भन्छन् – महन्तपक्ष सरकारमा आएपछि संविधानवाद स्थापित भयो

बुटवल । संघीय गणतन्त्र नेपालको संविधान २०७२ लाई सडकमा आगो लगाएर जलाउनेकार्यको नेतृत्व गर्ने राजेन्द्र महतोको सत्तारोहणलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानवाद स्थापित भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमा जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका हुन् । पोखरेलले संविधानवाद लागु भएको लेखिरहँदा प्रधानमन्त्री ओलीको सत्ता साझेदार बनेका उपप्रधानमन्त्री…