१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मन्त्रीबाट बिदा भएलगत्तै ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण



काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् शुक्रबार मध्यराति ज्ञवालीले सवा तीन वर्ष मन्त्री पदमा बहाल रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको बताएका छन् ।

नेता ज्ञवालीले आफु करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेको उल्लेख गर्दै सो अवधिमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार रुपैयाँ गरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा भएको बताएका छन् । त्यसैगरी पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् ।

नेता ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको पनि बताएका छन् । मन्त्री बनेपछि सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नआएको पनि उनले जानकारी गराएका छन् ।

उनले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रवार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास शनिवार बिहान छाड्ने पनि उनले ट्वीटर मार्फत् स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ७ : ४० बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम