१६ श्रावण २०८३, शनिबार | August 1, 2026

मन्त्रीबाट बिदा भएलगत्तै ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण



काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत् शुक्रबार मध्यराति ज्ञवालीले सवा तीन वर्ष मन्त्री पदमा बहाल रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको बताएका छन् ।

नेता ज्ञवालीले आफु करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेको उल्लेख गर्दै सो अवधिमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार रुपैयाँ गरी जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा भएको बताएका छन् । त्यसैगरी पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् ।

नेता ज्ञवालीले हाल आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको पनि बताएका छन् । मन्त्री बनेपछि सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नआएको पनि उनले जानकारी गराएका छन् ।

उनले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रवार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास शनिवार बिहान छाड्ने पनि उनले ट्वीटर मार्फत् स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ७ : ४० बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष