बुटवल । जनप्रतिनिधि सेवक र स्थानीय पालिकालाई सेवा केन्द्रका रुपमा लिएका बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी र आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा पुगेका छन् । कोभिडको संक्रमणमा परेर बुटवलमा आइसोलेशनमा बसेका नागरिकलाई घरघरमै पुगेर आयुर्वेद ओखती प्रदान गर्ने र उनीहरुको मनोबल बढाउने काम भइरहेको छ । बुटवल उपमहानगरले महामारीका दुवै लहरमा नमुना काम गरेको छ र…