१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सर्वोच्चको ‘फुल कोर्ट’ बैठकमा बनेन इजलास पुनर्गठन मुख्य एजेण्डा



काठमाडौं । संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनलाई मुख्य एजेण्डा बनाएर आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्ने अपेक्षा गरिएपनि इजलास पुनर्गठनको एजेण्डा बिनै आज फुल कोर्टको बैठक बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा आज बस्ने फुल कोर्टको बैठकमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि संकुचन गरिएको अदालतको सेवा सम्बन्धमा र अर्को विविध एजेन्डा राखिएको सर्वोच्च स्रोतले दाबी गरेको छ ।

विविधअन्तर्गत संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनबारे पनि छलफल हुने अनुमान गरिएपनि नियमावली संशोधन जस्तो गम्भिर विषय बिबिधमा छलफल नहुन सक्ने स्रोतले बतायो ।

सर्वोच्च वारका प्रतिनिधि मण्डलसंग भएको छलफलमा प्रधानन्यायाधीस राणाले इजलास पुनर्गठनको सहमती गरेको वार अध्यक्ष पूर्णमान शाक्यले बताएका थिए ।

यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल कोर्ट बैठक बसेको थियो।

संसद विघटन मुद्दामा २ जना न्यायाधीसका बिषयमा वकिलहरुले प्रश्न उठाएपछि २ जना अर्का न्यायाधीसहरुले इजलास छाडेका छन् भने सर्वोच्च वार सहित कानुनबिदहरुले इजलास पुजर्गठनको माग गरेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ९ : २७ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको