१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रहरीले पैसा खाएको आरोप लागेपछि रुपन्देहीका नदीमा प्रहरीको ‘एक्सन’, ४ दिनमा ६७ सवारी साधन नियन्त्रणमा



बुटवल । रुपन्देहीका नदि र खोलाहरुको दाहेनमा प्रहरीको संलग्नताका बिषयमा लगातार आरोप लाग्न थालेपछि त्यस विरुद्ध प्रहरीले ‘एक्सन’ सुरु गरेको छ । ठेकेदारहरुले कोरोना माहामारीका बेला राज्यले जारी गरेको निषेधाज्ञाको मौका छोपेर नदीजन्य पदार्थ मनपरी दोहन गर्न थालेपछि प्रहरी एक्सनमा उत्रिएको हो ।

जेठ १७ देखि सुरु गरेको प्रहरीको ‘एक्सन’मा ६७ वटा नदी र खोलामा दोहन गरिरहेका साधनहरु नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धीत निकायमा पठाएको छ । ठेकेदारहरुले तिनाउ, दानव, रोहिणी लगायतका नदीहरुमा मनपरी दोहन गरिरहेको अवस्थामा प्रहरी प्रशासन मौन बसेपछि प्रशासनको मिलेमतोको आरोप लागेको थियो ।

रुपन्देही प्रहरीका अनुसार जेठ १७ गतेबाट २१ गते बिहान सम्म प्रहरीले देखाएको सक्रियताबाट २ वटा स्काईभेटर, ५२ वटा टिप्पर र १३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारवाहीको सिफारिस सहित पठाएको छ । नदी दोहनमा संलग्नलाई कारबाही नगरी प्रहरी प्रशासनबाटै संरक्षण भएको ब्यापक गुनासो आएपछि रुपन्देही प्रहरीले ४ दिनमै ठूलो परिमाणमा दोहनमा प्रयोग हुने साधन नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको ध्यान निषेधाज्ञा कार्यान्वयन र कोरोना माहामारीको नियन्त्रणमा केन्द्रीत भएको मौका छोपेर तिनाउमा नियमविपरीत नदी दोहन भएको सुचनाका आधारमा प्रहरीले एक्सन लिएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । ‘दोहनमा प्रयोग भएका सवारी नियन्त्रणमा लिइ कारबाहीका लागि सम्बन्धित ठाउँमा पठाउने गरेका छौं ।’ उनले भने ।

रुपन्देहीमा मुख्यमरुपमा तिलोत्तमामा सबैभन्दा बढी नदिजन्य सामाग्रीको कारोबार हुने गर्दछ भने बुटवल उपमहानगर, सैनामैना, देवदह नगरपालिकामा पनि नदिजन्य सामाग्रीको ठूलो परिमाणको ठेक्का लाग्ने गर्दछ । तिलोत्तमा र बुटवल उपमहानगर क्षेत्रमा मात्र अहिले प्रहरीले कारवाही गरेको छ भने अन्य पालिकाका नदिहरुमा अहिले पनि खुल्लेआम नदिको दोहन भईरहेको छ । स्थानीय पालिकाहरुले वातावरिणय मुल्याँकन गरि निश्चित क्षेत्र र निश्चित परिमाणको नदिजन्य पदार्थको ठेक्का लगाउने गरेपनि ठेकेदाहरुसँगको मिलोमतोमा अनुगमन नगरि ठूलो परिमाणमा नदि खन्ने र त्यती नै परिमाणमा सामाग्री उत्खनन् गरि बिना बिल बिजक र बिना घाटगड्डी ठेकेदारहरुले बिक्रि बितरण गर्दै आएका छन् । राज्यको करोडौं राजश्व गुमिरहेका बेला मुख्य अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले कानमा तेल हालेर बसिदिँदा राजश्व मात्र गुम्ने नभएर नदि दोहनकाका कारण नदि आसपासका बस्तीहरु जोखिममा पनि पर्ने गरेका छन् ।

प्रहरीले तिलोत्तमा नगरपालिका–३ मगरघाट र बुटवल उपमहानगरपालिका–१७ पथ्थरगञ्जस्थित तिनाउ नदीमा अवैधरुपमा बालुवा–गिट्टी ओसारी रहेको बेला टिपर र ट्याक्टर नियन्त्रणमा लिएपनि अन्य पालिकाका नदिहरुमा भने प्रहरीको उपस्थिती देखिएको छैन ।

खुल्लेआम नदि दोहन भईरहँदा जिल्ला समन्वय समितिको मौनता र स्थानीय पालिकाहरुको बेवास्ताबाट सहजै उनीहरुको मिलेमतो रहेको अनुमान गर्न सकिन्छ । जिल्ला समन्वय समितिका पदाधिकारी तथा स्थानीय तहका अधिकारीहरुलाई मोटो रकम बुझाएर ठेकेदारहरुले मनोमानी गरेको नाम नबताउने सर्तमा एकजना सरकारी अधिकारीले बताए । विगतका वर्षमा जिल्ला समन्वय समिति र स्थानीय पालिकाले छुट्टाछुट्टै अनुगमन गरेर नदि दोहनको प्रयास गरेपनि यसवर्ष भने दुबै जिम्मेवार निकायले आँखा चिम्लेका कारण ठेकेदारहरुको लागि दशैं जस्तै बनेको छ ।

ठेक्का लिंदा देखि काम गर्दा सम्म बिभिन्न निकायमा रकम बुझाउनु पर्ने भएका कारण ठेक्कामा उल्लेख भएभन्दा बढी उत्खनन् नगरि खर्च उठ्न नसक्ने अवस्था रहेको एक ठेकेदारले बताए । खर्च उठाउनकै लागि धेरै उत्खनन् गर्नु ठेकेदारको बाध्यता भएको उनले बताए ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ३ : ३० बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर