काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बङ्गलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेटवार्ता गरेका छन । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उपराष्ट्रपति पुनले स्वतन्त्रतापछि बङ्गलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिदै बङ्गलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौँ राष्ट्र…