बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका नव निर्वाचित कार्यसमिति सदस्य पुनहरि बेलबासेलाई प्रहरीले जवर्जस्ती करणी अभियोगमा पक्राउ गरेको छ । भैरहवाको रविपथमा नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको अभियोगमा बेलवासेलाई प्रहरीले पक्राउ गरेको हो ।
इन्टिच्युतमा अध्ययन गर्ने ती युवतीले प्रहरीलाई दिएको जवर्जस्ती करणीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । बेलवासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले खबरकुरालाई बताए बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको प्रहरीलाई बयान दिएका छन् ।
अध्ययन सकेर शुल्क बुझाउने बेला राम्रो पढाई नभएकोले शुल्क तिर्न नसक्ने बताए पछि बेलवासेले प्रहरीलगाएर असुल्ने चेतावनी दिएकोमा युवतीले उल्टो प्रहरीमा करणी गरेको आरोपमा उजुरी गरेको बेलवासेले बयान दिएको उल्लेख छ ।
अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया