म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण-१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी भइन् । दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा-१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । ‘कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि…