काठमाडौं । मंगलबार मध्यरातपछि लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो । वृद्धि गरिएको मूल्यसँगै काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ…