काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकार असफल भएको बताएको छ । कांग्रेस केन्द्रीय समितिले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय सरकार कोरोनाको रोकथाम तथा नियन्त्रणमा गम्भिर नभएको बताए । महतले सरकारले बजेटमा पानी जहाज रेल्वेको कुरा गर्ने तर कोरोना महामारीबाट नागरिकको…