२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

कोभिड १९ रोकथाम, नियन्त्रण तथा राहत बितरणमा बुटवल उपमहानगरको १ करोड ९३ लाख खर्च



बुटवल । केन्द्रिय बिपद ब्यवस्थापनि समितीले कोभिड १९ को रोथाम तथा जियन्त्रण गर्नका लागि गरेको खर्चको बिवरण सार्वजननिक गरे लगत्तै बुटवल उपमहानगरपालिकाले पनि कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका खर्च विवरण सार्वजनिक गरेको छ ।

उपमहानगरमा हालसम्म बिभिन्न सिर्सकमा १ करोड ९३ लाख ८८ हजार ७ सय ७६ रुपैयाँको खर्च गरेको जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको खर्च विवरण अनुसार कोरोना विशेष अस्पताल निर्माण तथा त्यसम्बन्धि कार्यहरुमा २ लाख ६९ हजार ४०१ रुपैयाँ खर्च भएको छ भने क्वारेन्टाइनहरुको निर्माणमा ७९ हजार ५ सय ४५, क्वारेन्टाइनहरुमा आवश्यक पर्ने सामान तथा व्यवस्थापनका लागि ३ लाख २४ हाजर ५९४ तथा क्वारेन्टाइनमा बस्नेहरुका लागि खाना तथा औषधिका लागि ११ लाख ५१ हजार ५५८ रुपैयाँ खर्च भएको छ ।

यसैगरी उपमहानगरपालिकामा राहत वितरण लगायतका लागि १ करोड ६४ लाख ४१ हजार ९११ रुपैयाँ खर्च भएको छ भने मास्क, सेनिटाइजर, पिपिइ लगायतका सामाग्री खरिदका लागि ९ लाख ५६ हजार ६ सय ५३ तथा अन्य विविध खर्चमा १ लाख ६५ हजार ११४ रुपैयाँ भएको उपमहानगरले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले प्रदेश सरकार तथा लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा बुटवलको धागो कारखानामा कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ भने बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरमा आइसोलेशन सेन्टर, तामनगरको केएनआइटि, कान्ति मावि, नवरत्न मावि मोतिपुर माविमा क्वारेन्टाइन निर्माण गरि सञ्चालनमा ल्याएको छ ।

हालसम्म बुटवलका क्वारेन्टाइनमा ७ सय ८५ जनालाई ल्याई राखिएकोमा ६ सय ७० जनालाई घर पठाइ सकिएको तथा १ सय १५ जना अझै पनि क्वारेन्टाइनमा बसिरहेका उपमहानगरले जनाएको छ । हालसम्म १०२ जनको पिसिआर परीक्षण तथा ४३३ जनाको आडिटि परीक्षण गरिएको छ । पिसिआर परिक्षण गरिएका मध्ये बुटवलका ४ जना कोरोना पोजेटिभ देखिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माका अनुसार बुटवलमा हालसम्म ४ सय बढी नागरिक विदेशबाट घर फर्केका छन् । कोरोना नियन्त्रण तथा रोकथामका लागि बुटवलका ८ वटा स्वास्थ्य संस्थाबाट ८ हजार ५ सय २७ जनाको स्वास्थ्य परीक्षण भएको छ ।

बुटवल उपमहानगरपालिकाले हालसम्म नगरका ८ हजार १६८ परिवारका लागि पहिलो तथा १४ हजार ५३४ परिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको थियो । राहत वितरणका लागि उपमहानगरलाई जनस्तरबाट ७४ लाख ७२ हजार ६४२ रुपैयाँ नगद प्राप्त भएको छ भने ५२ हजार ७६९ किलो चामल, दाल ३ हजार ६०९ किलो, तेल २ हजार ६१९.५ लिटर तथा नून २ हजार ७३७ केजी प्राप्त भएको थियो । बुटवलको वडा नम्बर ११ मा राहतको करिव ५० प्रतिशत वितरण गरिएको थियो भने वडा नम्बर १ र १० ले उपमहानगरको तर्फबाट हालसम्म कुनै पनि राहत नलिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए । सो वडाहरुले आफ्नै वडामा राहत संकलन गरी वितरण गरेका थिए । यसैगरी नगरको राहत कोषमा वडा नम्बर ६ ले हालसम्म कुनै पनि सहयोग नजुटाएको उनले बताए ।

बुटवल उपमहानगरले हालसम्म लकडाउन अवधिमा अलपत्र परेका १ हजार ५०० बढी नागरिकलाई उद्धार गरी घर पठाएको छ । बुटवलले नेपाल भारत सिमा नाकामा अल्पत्र परेका आफ्ना नागरिकहरुको उद्धारका लागि छुट्टै सवारी साधनको समेत व्यवस्था गरेको नगर प्रमुख शिवराज सुवेदीले बताए । उपहानगरले नगरका सम्पूर्ण सडकहरुमा दमकल, ट्याङ्कर तथा मेशिन मार्फत बिलिचिङ्ग पाउडर तथा क्लोरिन झोल छर्किने काम समेत गरेको थियो । बुटवलमा निर्माण गरिएको कोरोना विशेष अस्पतालका लागि यस क्षेत्रका सामाजिक संघ संस्थाहरुबाट ४१ लख ५० हजार आर्थिक सहयोग तथा शौचालय निर्माण, पिपिई, स्वास्थ्य सामग्री र औषधि लगाएतका सहयोगहरु प्राप्त भएका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  २ : १५ बजे

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ कार्यक्रम नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने : उपाध्यक्ष शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे

नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना