अमेरिकामा आगामी सेप्टेम्बरसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई लाख पुग्ने अनुमान गरिएको छ । हार्वर्ड ग्लोबल हेल्थ इनिसियटिभका प्रमुख आशिष झाले अमेरिकी टिभी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, नयाँ संक्रमितको संख्या तिब्र गतिमा बढेन भने पनि सेप्टेम्बरमा मर्नेको संख्या दुईलाखसम्म पुग्छ । झाले भनेका छन्, 'सेप्टेबरमा नै महामारी सकिँदैन, त्यसपछिका महिनामा पनि मर्ने…