काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट लामो समय नेपाल राष्ट्र बैंकमा कार्यरत रही कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका अर्थशास्त्री हुन् । करिब २५ वर्षको सेवाकालमा उनले आर्थिक अनुसन्धान, बैंकिङ नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली…