बागलुङ । कोरोना सङ्क्रमणबाट मुक्त भएका धवलागिरि अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना सङ्क्रमितको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको बताएका छन् । धवलागिरि अस्पतालले प्लाज्मा थेरापी शुरु गरेमा आफूले रगतको प्लाज्मा दान गर्ने स्वास्थ्यकर्मी घिमिरेको भनाइ छ । अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का बिरामीको उपचार थाल्न तयारी अघि बढाएको छ । कोरोना…