२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बाढीग्रस्त ढोरपाटन क्षेत्रको पुनर्निर्माणमा सघाउने मन्त्री गुरुङको प्रतिबद्धता

बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिए । अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधिलगायत सहभागी रहेको कार्यक्रममा भनाइ राख्दै मन्त्री गुरुङले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले…