१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

चितवनमा २ वर्षीय बालकसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि



चितवन । चितवनमा २ वर्षीय बालकसहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जना चितवनका र एक जना अर्घाखाँचीका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीबार अबेर राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १३ पुरूष र ४ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ वर्षीय एक बालक र ४ वर्षका २ बालकसहित ६६ वर्षीय पुरूष पनि छन् ।

यस्तै खैरहनीका ५ पुरूष र रत्ननगरका एक पुरूष तथा एक महिला पनि संक्रमित भएका छन् ।

बाँकी एक जना भने अर्घाखाँची सितगंगाकी एक महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ५४ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख