दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताएका छन । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले 'जेन जि पुस्ता' लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन…