काठमाडौं । जेनजी पुस्ताका युवाले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध सोमबार राजधानीमा प्रदर्शन गर्न लागेका छन् । आयोजकले बिहान ९ बजेदेखि माइतीघरमा भेला हुने र ११ बजेतिर मार्चपास गर्दै नयाँबानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरेका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आवश्यक अनुमति लिइसकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले शान्तिपूर्ण…