काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज (आइतबार) दिउँसो विशेष विमानमार्फत नेपाल आउँदैछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारीमा छन् । काठमाडौं ओर्लेपछि मिश्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नेछन्…