रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई तिलोत्तमा नगरपालिकाले राष्ट्रिय झण्डा प्रदान गरेको छ । नगरपालिकामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले जापान गोजुरीयो कराते-डो मिसन नेपालका खेलाडी तथा अफिसियलहरूलाई शुभकामना दिँदै राष्ट्रिय झण्डा हस्तान्तरण गरेका हुन् । सो अवसरमा मेयर खाणले नेपालको इज्जत र…