रवि लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय सर्वोच्चमा चुनौती काठमाडौं । रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। बुधबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालयहरू तथा रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।…