काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान घिसिङले भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । उनले यसअघि मन्त्रालयमै काममा पूरा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताएका हुन् । ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले…