म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि ६ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्र गर्न थालिएको हो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाइँले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिने जानकारी दिए…