४ आश्विन २०८३, आइतबार | September 20, 2026

असोज १७ देखि २० सम्म रातिमा काठमाडौं नआउनु नबाहिरिनु : काठमाडौं प्रशासन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म रातिमा काठमाडौं नभित्रिन र नबाहिरिन आग्रह गरेको छ । प्रशासनले आज विज्ञप्ति जारी गर्दै असोज १७ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यका सहित जिल्लाभर भारी वर्षा हुने र यस क्रममा बाढी, पहिरो तथा डुबान जस्ता विपद् निम्तिन सक्ने सम्भावना रहेको भन्दै यात्रामा ननिस्कन सुझाव दिएको हो…