४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गुह्येश्वरी पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठीमाताको पूजा (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् । गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ पनि दिएकी छन् ।