२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कुसुन्तीको आकाशेपुल : ‘युनिक आर्किटेक्चर’, सुरक्षित र सहज यात्राको अपेक्षा (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका–१३, कुसुन्ती हाइटस्थित चक्रपथमा लिफ्टसहितको आकाशेपुल निर्माण गरिरहेको छ। करिब ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुल अन्तिम चरणमा पुगेको छ। व्यस्त चक्रपथमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो। पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका…