काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ । धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि बिक्री सुरु गरेको टक्सार विभागले जनाएकोछ ।…