१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, समर्थन समेत फिर्ता

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ । माओवादीको कोशी प्रदेशसभा संसदीय दल र पदाधिकारी आज विराटनगरमा बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गर्दै बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन…