तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा शुक्रबार आयोजित दुई सय १०औँ भानु जयन्तीका अवसरमा उनले भानु जन्मस्थलको विकास गरी चुँदीरम्घालाई साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अग्रसर रहने बताए…