सुर्खेत । यतिबेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सत्तासंघर्षमा काठमाडौंमा अल्पबिराम लागेको छ । तर, कर्णाली प्रदेशमा भने पार्टीभित्रको गुटसंघर्षको प्रत्यक्ष असर सरकार संचालनमा परेको छ । प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले आज अविश्वासको प्रस्ताव बुझाएका छन् । सुरूदेखि नै शाहीका मुख्य प्रतिस्पर्धी रहेका सांसद यामलाल कँडेलको…