जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजनमार्फत सम्पन्न निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी पक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित थिए ।…