धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र नभई मुलुकको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको बताएका छन् । जनकपुरधामस्थित चारतारे होटल पौवाद्वारा आज यहाँ आयोजित बृहत् खाना प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले भारतको उत्तर प्रदेशमा रहेको राम जन्मभूमिमा भगवान् श्रीरामको दर्शनका लागि वार्षिक ५० करोड पर्यटक आउने गरेकामा तीमध्ये…