दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन प्रदेश सरकार सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार…