२९ भदौ २०८३, सोमबार | September 14, 2026

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिने बताएका छन् ।

भूम्या पर्व २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका छन् ।

उनले विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वीलगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व तथा संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

उनले सांस्कृतिक विविधता नेपालको साझा सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको धारणा राखे ।

मुख्यमन्त्री आचार्यले भूम्या पर्वले भूमि, कृषि तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो विकासको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्दै समृद्ध लुम्बिनी प्रदेश निर्माणमा थप ऊर्जा प्रदान गर्ने कामना गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ५६ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा