नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन जी आन्दोलनका क्रममा आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिएका छन् । मंगलबार उनले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गरेका थिए । अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै…