बुटवल । गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा पत्रकार अन्जानको निधन भएको हो । लामो समयदेखि मधुमेहका बिरामी रहेका उनको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ । अन्जान पछिल्लो समय गुल्मीको रुरु गाँउपालिकाको थोर्गामा रहेर ग्रामिण पत्रकारितामा सक्रिय रहेका थिए…