अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गृहजिल्ला अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्तिपीठहरुको दर्शन गर्नु पुगेका छन् । दसैं मनाउन जिल्ला पुगेका मुख्यमन्त्री आचार्यले जिल्ला स्थित ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बोकेका धार्मिक स्थलहरुको दर्शन गरेका हुन् । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका-८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर-३ मा रहेको मालारानी मन्दिरको दर्शन गरे ।…