२८ असार २०८३, आइतबार | July 12, 2026

संविधानले निर्देशित गरेको संरचनाले पूर्णता नपाउँदा संविधान बिरोधीले टिप्पणी गर्न थाले : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टिकाटिकप्पणी गर्ने अवस्था आएको बताएका छन् । आजदेखी वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दे मुख्यमन्त्री कँडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणाी गर्ने बाटो खुलेको धारणा राखेका हुन् ।

संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरि कानून निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कँडेलले बताए । प्रदेशका सबै सुरक्षा निकायहरुसँग समन्वयात्मक ढंले काम भइरहेको भएपनि व्यवहारिकता मात्रले मात्र समन्वय गर्दा कार्यान्वयनमा जटिलता आउने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।

संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न प्रहरी समायोजनको विषयलाई अन्यौलपूर्ण नराखी छिटो टुंगोमा पुगाउन पनि मुख्यमन्त्री कँडेले आग्रह गरे । उनले भने, ‘गृहमन्त्री ज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ, जे गर्ने हो छिटो टुंगो लगाउनेतिर ध्यान दिनुहोला।’

गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित गोष्ठीमामा पगृहमन्त्री रमेश लेखकले संघीयता अनुसारको कानून बनाउने प्रतिबद्धता व्यक्त गरे । सरकारको निरन्तर अस्थिरताले मुलुकमा विकास ,शान्ति सुरक्षा विकास र आर्थिक समृद्धिमा बाधक बनेकोले संविधानको रक्षा गरी मुलुकमा स्थिरता दिन दुई ठूला दल मिलेर सरकार संचालन गरेको बताउदै गुहमन्त्री लेखकले सेवा प्रवाह र सुशासनको विषयमा कुनै पनि सम्झौता नगेर काम गर्न निर्देशन दिए ।

गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र केन्द्र, प्रदेश तथा जिल्लास्थित राष्टिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेकोछ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : १६ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै