१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन् । भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ…