कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कूरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको घटनासमेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको…