२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान



धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुख नजिर मियाँले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख मियाँले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्दै शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका हुन्।

यसअघि बिहीबार नै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका थिए। विश्वासको मत प्राप्त गर्ने आधार कमजोर बनेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुख मियाँसमक्ष राजीनामा बुझाएका थिए।

सत्ता साझेदार नेकपा (एमाले)ले असार ३२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच विवाद चर्किएपछि एमालेले समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको ३०औँ दिनमा शाहले राजीनामा दिएका हुन्।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले एमालेमाथि सरकारलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए। सरकारको साझेदार भएर बजेट निर्माणका सबै चरणमा सहभागी हुने तर पछि विरोध गर्दै समर्थन फिर्ता लिने काम अलोकतान्त्रिक भएको उनको आरोप थियो।

बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेटविहीन अर्थात् ‘बजेट होली डे’को अवस्थामा छ। मुख्यमन्त्री शाहको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच सुदूरपश्चिममा सत्ता सहकार्य गर्ने सहमति भइसकेको छ। सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारिएको छ। डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भट्टले अब दुई वा दुईभन्दा बढी दलको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ८ : १८ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य