२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बझाङ केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार पनि रुकुमको हुकाम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।