२१ भदौ २०८३, आइतबार | September 6, 2026

राज्यमन्त्री आफै किनमेल गर्न भारतीय बजारमा, भारतमा गाडी दुर्घटना हुँदा राज्यमन्त्री घाइते



कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम भारतीय बजारमा किनमेल गर्न गएकाबेला दुर्घटनामा परेका छन् । किनमेल गर्न भारतीय बजार पुगेका मन्त्री सवार गाडी दुर्घटनामा राज्यमन्त्री बम घाइते भएका हुन् ।

राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको जीप आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

दुर्घटनामा राज्यमन्त्री बम सहित राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा मन्त्री सवार गाडी दुर्घटना भएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : ३४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका