६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

राज्यमन्त्री आफै किनमेल गर्न भारतीय बजारमा, भारतमा गाडी दुर्घटना हुँदा राज्यमन्त्री घाइते



कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम भारतीय बजारमा किनमेल गर्न गएकाबेला दुर्घटनामा परेका छन् । किनमेल गर्न भारतीय बजार पुगेका मन्त्री सवार गाडी दुर्घटनामा राज्यमन्त्री बम घाइते भएका हुन् ।

राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको जीप आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

दुर्घटनामा राज्यमन्त्री बम सहित राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा मन्त्री सवार गाडी दुर्घटना भएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : ३४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको