७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

एमबीबीएस प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।…