८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बन्धक, सात वर्षपछि पक्राउ परे अभियुक्त

काठमाडौं। महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्‍याएको मानव…