८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा ‘रोयल ग्रुप’ नाम बनाई व्यवसायीबाट असुली गर्ने दुई जना हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट विभिन्न हात हतियार र विष्फोटक पदार्थसहित इलाका प्रहरी कार्यालय बुटवलले सोमबार साँझ दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका-४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर…