४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

महोत्तरी। मटिहानी नगरपलिका-८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका-८ बस्ने ४० वर्षीय नबिन साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज।१० प ३५४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।