अर्घाखाँची । छिमेकीको हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आईतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिक बहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको…