धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने अभिव्यक्ति दिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुखसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका-५ दरखमा आयोजित लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रममा दिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण लिन उनलाई जिल्ला बोलाइएको प्रहरीले जनाएको छ । कैलालीका…